नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पुँजी बजारको विविध पक्षहरुमा आवश्यक पर्ने राय परामर्श सम्बन्धी सेवाहरुका लागि विशेषज्ञ आवश्यक परेको भन्दै विज्ञको माग गरेको छ । नेप्सेले
विभिन्न विषयका १० जना दक्ष विज्ञको सूची तयार पार्न लागेको सूचना निकालेको हो ।
आवश्यक परेको अवस्थामा सेवा लिने प्रयोजनका लागि सम्बन्धि विषयका विशेषज्ञता भएका कम्पनी वा व्यक्तिबाट आवेदन माग गरिएको छ।
नेप्सेले आइटी एक्पर्ट (हार्डवयर र सफ्टवयर), पुँजी बजार (दोस्रो बजार)को विज्ञ, कमर्शियल र कर्पोरेट कानूनको विज्ञ, फाइनान्सियल एनलाइसिस, कर्पोरेट फाइनान्स वा फाइनान्सियल टेक्नोलोजी, ह्युमन रिसोर्स म्यानेजमेन्ट एक्पर्ट, ट्रेनिङ सेमिनार एक्सपर्ट, पुँजी बजार सम्बन्धी प्रडक्ट डेभलपमेन्ट एक्पर्ट, कन्फिलिक्ट म्यानेजमेन्ट एक्पर्ट, डेरिभेटिम एक्पर्ट र प्रोक्युरमेन्ट एक्पोर्ट आवश्यक रहेको जनाएको छ ।