नेपाल र मलेसियाको श्रम सम्झौता कार्यान्वयनमा बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगो लगाइने भएको छ।
दुवै देशको संयुक्त प्राविधिक समिति बैठक बसेर एक महिना भित्र सबै बिषय निश्कर्षमा पुर्याउने सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए।
अन्तर्राष्टिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्विटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा एक अर्कालाई जानकारी गराएको सहसचिव घिमिरेले जानकारी दिए।
‘एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक बसेर बाँकी रहेका प्रक्रियागत विषय टुङ्गो लाग्नेछ,’ घिमिरेले भने।