युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्न १ अर्व ७२ करोड बजेट बिनियोजन गरिएको छ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले प्राविधिक तथा व्यवसायीक शिक्षा परिषद् र व्यवसायीक शिक्षा तथा तालिम अभिबृद्दी योजना मार्फत आगामी आर्थिक वर्षमा ८३ हजार युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गर्न १ अर्व ७२ करोड बिनियोजन गरिएको बताए।
प्रत्यक प्रदेशमा प्राविधिक सीप परिक्षण गर्न र बहु प्रविधिक शिक्षालय स्थापना गरिने र आर्थिक रुपमा बिपन्न, अपांगता भएका र दलित परिवारका विद्यार्थीलाई निशुल्क उच्च शिक्षा दिइने खतिवडाले बताए।