श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गरेका छन्।
आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्र्तगत कार्वाही गर्ने बताए।
मन्त्री विष्टले श्रम ऐनले तोके बमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी,गैरसरकारी सबै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कार्वाहीको दायरामा ल्याइएको जानकारी गराए।
प्रशासनले करारमुक्त गरिएका सम्पूर्ण नर्सहरुलाई पूर्नावहाली हुनुपर्ने ,तलब बृद्धि गर्नुपर्ने , आर्थिक शोषण बन्द गर्नुपर्ने, सबै कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने ,पद अनुसार कामको व्यवस्था गर्नुपर्ने लगायतका ११ सुत्रिय माग सहित नर्सहरु आन्दोलनमा उत्रिएका थिए।