काठमाडौं, वैदेशिक रोजगार विभागको महानिर्देशकमा डा भीष्मकुमार भुषाल नियुक्त भएका छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बुधबार भुषाललाई विभागको महानिर्देशक नियुक्त गरेका हुन्।
भुषालले यसअघि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेका थिए। भुसाल 'इन्टिग्रिटी आइडल-२०१६' बाट समेत सम्मानित भइसकेका छन्।
यसअघि दिलिपकुमार चापागाईं विभागका महानिर्देशक थिए। चापागाईको अवकाश हुने बेला भएको र बिदामा बसेकाले महानिर्देशकमा भुषाल नियुक्त भएका हुन्।
उनले बिहीबारबाट कार्यभार सम्हाल्नेछन्।