राष्ट्रिय बाणिज्य बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक तह (नवौँ)सम्म ६६२ जनाको लागि जागिर खोलेको छ। बैंकले खुला
प्रतिस्पर्धाबाट प्रदेश स्तरका शाखा कार्यालयका लागि कर्मचारी भर्ना गर्ने जनाएको छ। बैंकले आजदेखि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका उमेदवारले अनलाइन मार्फत आवदेन दिन सक्ने छन्।
आवेदकले बैशााख १२ गतेसम्म दरखास्त सक्नेछन्। यदि बैशाख १२ गतेसम्म आवदेन दिन नपाएमा दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ।
बैंकले केन्द्रीय कार्यलयमा वरिष्ठ प्रवन्धकको लागि दुई जना, प्रवन्धकको लागि ७ जना र उपप्रवन्धकको लागि ११ जनाको लागि दरखास्त आह्वान गरेको हो। यी तीन पदको लागि स्नातकोत्तर गरि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्ने छ।
सहायक प्रवन्धकको लागि १४२ जना कर्मचारीको आह्वान गरिएको छ। यस पदका लागि कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्नेछ।
त्यस्तै वरिष्ठ सहायक पदको लागि १९० जना कर्मचारी आह्वान गरिएको छ। बैंकले वरिष्ठ सहायक अन्तर्गत प्रशासन, कानुन, नगद र सुचना तथा प्रविधि तर्फ छुट्टा छुट्टै माग गरेको छ।
निबेदन दिनको लागि तह ७, ८ र ९ मा ४० वर्ष ननाघेको हुनुपर्ने, तह ६ का लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने, सहायक स्तर ५ का लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ। तह ५ र ६ का लागि महिला तथा अपाङ्गता भएका ब्यक्तीले ४० वर्ष सम्म दरखास्त दिन पाउने छन्।
जागिरमा महिला कर्मचारीका लागि ६ महिना र पुरुष कर्मचारीको हकमा १ वर्ष परिक्षणकाल तोकिएको छ। तह ७ ८ र ९ का लागि नियुक्त हुने कर्मचारीलाई केन्द्रीय, क्षेत्रीय र शाखा कार्यालयमा काम गर्ने गरि ब्यवस्था गरिएको छ।
तह ६ मा नियुक्त हुने कर्मचारीलाई सम्बन्धीत प्रदेश र सो प्रदेशका शाखा कार्यालयमा कम्तीमा ५ वर्षका लागि नियुक्त गरिने छ। तह ५ मा नियुक्त हुने कर्मचारीलाई सम्बन्धीत प्रदेश र सो सम्बद्ध शाखा कार्यालयमा कम्तीमा ७ वर्ष काम गर्ने गरि नियुक्त गर्ने बिज्ञापनमा उल्लेख छ।
बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस्