सशस्त्र प्रहरी बल नेपालले ३ हजार २ सय ९७ प्रहरी जवानमा भर्ना खोलेको छ।
खुलातर्फ १७७७, महिला २९७, आदिवासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर र अशक्त प्रहरीका सन्ततिका लागि ३६ गरी ३२९७ सशस्त्र प्रहरी जवानका लागि आवेदन आह्वान गरेको हो ।
रोजगारीका लागि फागुन २४ गते देखि चैत्र २५ गते सम्म दर्खास्त दिन सकिने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । दरखास्त दिने समय बिहान १० बजे देखि बmेलुका ५ बजे सम्म तोकिएको छ। आवेदन फारम आफूलाई पाइक पर्ने सशस्त्र प्रहरी बलको कार्यालयमा बुझाउन सकिने छ। आवेदन दिन कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ।
आवेदक पुरुषको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने छ भने महिलाको हकमा कम्तीमा ५ फिट उचाई तोकिएको छ। परीक्षा संचालन सम्बन्धी जानकारीका लागि बैशाख ३ गते ११ बजे परिक्षा हुने सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाइएको छ।
बिस्तृत जानकारीका लागि यो लिंकमा click गर्नुहोस्।