सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताए।
उनले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिए। प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता हट्नेछ ।
श्रम स्वीकृति लिनको लागि प्रकृति हेरेर निश्चित दस्तुर तिर्नुपर्ने कार्यालय प्रमुख जोशीले बताए।