सरकारले भोलिदेखि गण्डकी प्रदेशबाट समेत श्रम स्वीकृति सेवा शुरु गर्ने भएको छ। यसका लागि सबै तयारी पुरा भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
पोखराको सहिदचोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २६ देखि सेवा शुरु हुने मन्त्रालयले बताएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गोकर्ण विष्ट, मन्त्रालयका सचिव महेश प्रसाद दहालले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।