सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले बागलुङका लागि एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट, सुपरभाइजर र दाङका लागि शाखा प्रवन्धक पदमा कर्मचारी माग गरेको हो।
इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण भएकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ।
एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट, सुपरभाइजरको विकास/वाणिज्य बैंकमा न्यूनतम ३ वर्षको बैंकिङ अनुभव हुनु पर्नेछ।
यस्तै, शाखा प्रवन्धकको विकास/वाणिज्य बैंकमा शाखा व्यवस्थापनमा कम्तीमा ३ वर्ष सहित बैंकिङ क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनु पर्नेछ।
इच्छुकले असार १० गतेसम्म आवेदन दिन सक्नेछन्।