नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ।
लोकसेवा आयोगको सहमति अनुसार बैंकमा रिक्त पदहरु खुला प्रतियोगिताद्धारा पुर्ति गनुपर्ने जनाउँदै उसले योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। इच्छुकले फागुन ११ देखि अनलाइनबाट आवेदन दिन सक्नेछन्।
(प्रशासन)तर्फको सहायक निर्देशकका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर सरहको उत्र्तिण हुनुपर्ने बैंकले जनाएको छ। यो पदको लागि दरखास्त दिने अन्तिम मिति चैत १ गते सम्म तोकिएको छ। यसमा २१ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनुपर्नेछ।
सहायक (प्रशासन) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ। सहायक पदको लागि दरखास्त दिने अन्तिम मिति चैत १ गते सम्म तोकिएको छ। १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनुपर्नेछ।
महिला उम्मेदवारको हकमा उमेरको माथिल्लो हद ४० बर्ष ननाघेको हुनुपर्नेछ। यस बैंकको वहालवाला कर्मचारीहरुलाई उमेरको हद नलाग्ने बैंकले जनाएको छ।
सहायक (सुचना प्रविधि) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ/इलेक्ट्रोनिक्स इन्जिनियरिङ/हार्डवेयर इन्जिनियरिङ विषयमा तीन वर्ष डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ।
माथि उल्लेखित पदहरुको लागि महिला, आदिवासी, जनजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि आरक्षणको व्यवस्था गरिएको छ।