नेपाली सेनाले विभिन्न पदका लागि १८ सय ५१ कर्मचारी माग गरेको छ।
सहायक पण्डित १०, अमल्दार कर्मचारी २५, सैन्य ड्राइभर ३०, चर्मकर्मी १०, सूचीकार १५, लोहकार ४, केशकर्तक १० जना माग गरिएको छ। त्यस्त धोवी र सिकर्मी एक एक जना माग गरिएको छ।
बाँकी १६९० को संख्यामा सैन्य कर्मचारी माग गरिएको हो। यी सबै पदमा आदिबासी, मधेसी, दलित तथा पिछडिएको क्षेत्रलाई आरक्षण दिइएको छ।
इटहरी, इलाम, भोजपुर, धनुषा, रौतहट, सप्तरी, मकवानपुर, सिन्धुली, चितवन, पोखरा, बागलुङ, लमजुङ, रुपन्देही प्युठान, बर्दिया, सुर्खेत, जुम्ला, कालिकोट, दिपायल, कन्चनपुर र अछाममा सैन्य कर्मचारी माग गरिएको छ।
अन्य पदहरु भने जंगी अड्डा काठमाडौंका लागि माग गरिएको सेनाले जनाएको छ। सैन्यका लागि कक्षा ८ पास हुनुपर्नेछ।