सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा गरिन सुरू गरिएको छ। भदौ २३ र २४ गतेको तोडफोड तथा आगजनीको कारण हजारौँ सरकारी सवारी साधनमा क्षति पुगेपछि सरकारले बीमा गर्नुपर्ने प्रवधान अंगिकार गरेको हो।
मन्त्रिपरिषदले गत असोज ५ गत नै सरकारी सवारीको बीमा गर्ने निणय गरेको थियो।
यस बीमा मंसिर ५ गते अर्थमन्त्रालयको स्वामित्वमा रहेका २० वटा चार पांग्रे सवारी साधनको बीमा गरिएको छ।
अर्थमन्त्रालयका अनुसार नेपाली बीमा कम्पनी मार्फत यी गाडीको पूर्ण बीमा गरिएको हो।
यसरी बीमा गरिएसँगै स्रोतको व्यवस्थापन गर्न सहज हुने अर्थका अधिकारीले बताएका छन्।
‘आगजानी, दूर्घटना जस्ता कारणबाट क्षति हुन गएमा बीमा दाबीको रकमबाट सवारी साधन खरिद गर्न सकिने हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकता क्षेत्रको स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक प्रभावकारी हुने अपेक्षा गरिएको छ,’ मन्त्रालयका प्रशासन प्रमुख थानप्रसाद पंगेनीले भने।