राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक अर्थात् बजेट पारित भएको छ।
शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक पारित गर्नका लागि राखेको प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो।
यसअघि प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित गरेको थियो।
प्रतिनिधि सभाले बहुमतले पारित गरेको विनियोजन विधेयक सुझावसहित राष्ट्रिय सभामा पठाइएको थियो।
यसबीचमा सत्ता समीकरण फेरबदल भएको छ।
बदलिँदो राजनीतिक परिस्थितिबीच बजेट सर्वसम्मतिले पारित गरेको हो।