अर्थ मन्त्रालयले दीर्घरोगीहरूका लागि औषधि उपचार खर्च बापत ३५ करोड २६ लाख १९ हजार रकम निकासा गरेको छ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन्।
उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन्। स्वास्थ्य मन्त्रालयमार्फत् देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। उक्त रकम स्थानीय तहमार्फत् बिरामीको बैंक खातामा जम्मा हुनेछ।