ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रूपैयाँको बजेट ल्याएको छ।
सोमबार उपमेयर मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
चालु आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपैयाँको बजेट ल्याएको थियो।
त्यस्तै स्रोत व्यवस्थापनमा आन्तरिकबाट ३ अर्ब ५५ करोड ९६ लाख रूपैयाँ हुने अनुमान छ।
नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ एक अर्ब ३२ करोड ८० लाख र प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार रूपैयाँको स्रोत अनुमान गरिएको छ।
संघीय राजस्व बाडफाँटबाट ३ अर्ब ५५ करोड ९६ लाख रूपैयाँ, प्रदेशबाट २२ करोड ९२ लाख ९२ हजार रूपैयाँ, नेपाल सरकार समानीकरण अनुदानबाट एक अर्ब ३२ करोड ८० लाख रूपैयाँ, प्रदेश समानीकरण अनुदानबाट १० करोड रूपैयाँ, विकास निर्माणमा जनसहभागिताबाट ८ करोड ५० लाख रूपैयाँ बराबर प्राप्त हुने अनुमान छ।
भवन अभिलेखीकरण लगायत राजस्वका नयाँ र थप स्रोतहरुबाट एक अर्बभन्दा बढी आन्तरिक राजस्व थप हुने अनुमान छ।