तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ।
उपमहानगरकी उपप्रमुख श्यानी चौधरीले आर्थिक वर्ष २०८१/०८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँको बजेट सार्वजनिक गरिन्।
उपमहानगरले सबभन्दा धेरै बजेट शिक्षामा र कम बजेट पशुतर्फ विनियोजन गरेको छ। कुल बजेटको ३० दशमलव ५७ प्रतिशत अर्थात् ६३ करोड ४२ लाख ४९ हजार रुपैयाँ बजेट शिक्षामा छुट्याएको छ।
पशुतर्फ कुल बजेटको १ दशमलव ०२ प्रतिशत अथार्त् दुई करोड ११ लाख ८४ हजार पाँच सय ७५ रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्यतर्फ नौ करोड ५९ लाख ४० हजार, कृषितर्फ पाँच करोड ४८ लाख चौध हजार र अन्य शीर्षकमा एक अर्ब २६ करोड ८७ लाख ८० हजार सात सय ७६ रुपैयाँ विनियोजन गरिएको उपमेयर श्यानी चौधरीले बताइन्।