नेपालको सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब पुगेको छ।
२०८० साउनदेखि २०८१ जेठसम्म १ खर्ब १० अर्ब रूपैयाँ ऋण थपिएर २४ खर्ब ९ अर्ब पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
सरकारले यो वर्ष ४ खर्ब ५२ अर्ब ऋण उठाउने लक्ष्य राखेको थियो। जेठसम्म ३ खर्ब ७ अर्ब उठाएको छ।
साथै, यसै समयमा सरकारको २ खर्ब ७१ अर्ब सावा भुक्तानी भएको छ।
हालसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब पुगेको छ।
त्यस्तै, बाह्य ऋण १२ खर्ब ७० अर्ब पुगेको छ।