कृषि क्षेत्रको उत्पादकत्व बढाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने तथा प्रदेशको भौतिक पुर्वाधार विकासमा जोड दिने घोषणा गर्दै कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१- ८२ को बजेट सार्वजनिक गरेको छ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट पेश गरेका हुन्।
कोशीको चालू वर्षको बजेट ३६ अर्ब ६४ करोड थियो। यसपटक झन्डै एक अर्ब रुपैयाँ बराबरको बजेट घटेको छ।
प्रदेश सरकारले बजेटमा सरकारी , निजी तथा सहकारी क्षेत्रको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्ने, स्रोतहरुको न्यायोचित वितरणमा जोड दिने र सङ्घियता कार्यान्वयनका लागि संघ र स्थानीय सरकारसग समन्वय गर्ने उल्लेख गरेको छ।
प्रदेश सरकारले यसअघिका बजेटमा घोषणा गरेको केचना सगरमाथा द्रुत मार्ग, कोशीको जलमार्ग, विराटनगर विमानस्थललाई स्तरोन्नति गर्ने लगायतका कार्यक्रम यसपटक पनि समेटिएका छन । प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा पाँच लाख थपिने जानकारी दिए।
पूर्णपाठः
(*यसअघि शीर्षकमा फरक पर्न गएकामा सच्याइएको छ। )