नेपालमा पर्यटकहरूले भित्र्याउने भन्दा यहाँबाट विदेश अध्ययनको लागि जाने तथा घुम्न जानेले लैजाने रकम उच्च रहँदै आएको छ।
चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना (साउनदेखि वैशाखसम्म) मा पर्यटकहरूबाट ६९ अर्ब ४० करोड रूपैयाँ भित्रिएकोमा नेपालबाट विद्यार्थी लगायतले एक खर्ब ५६ अर्ब रूपैयाँ लगेका छन्।
यसमध्ये अध्ययन गर्ने जानेले मात्रै एक खर्ब चार अर्ब रूपैयाँ विदेश लगेका हुन्। यहाँ अध्ययन गर्न आउने विदेशी विद्यार्थीले एक अर्ब ९५ करोड भित्र्याएका छन्।