सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँटबाहेक १२ खर्ब ६० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरिएको छ।
खर्च
बजेट: १८ खर्ब ६० अर्ब
चालु खर्च: ११ खर्ब ४० अर्ब
पुँजीगत खर्च: तीन खर्ब ५२ अर्ब
वित्तीय व्यवस्थापन खर्च: तीन खर्ब ६७ अर्ब
स्रोत
राजस्वः १२ खर्ब ६० अर्ब ३० करोड
वैदेशिक अनुदानः ५२ अर्ब ३३ करोड
वैदेशिक ऋणः दुई खर्ब १६ अर्ब
आन्तरिक ऋणः तीन खर्ब ३० अर्ब
प्रदेश तथा स्थानीय तहमा पठाइने अनुदान
प्रदेशतर्फ
समानीकरण: ६० अर्ब
शसर्त: २५ अर्ब
समपूरक: ६ अर्ब
विशेष: ४ अर्ब ४० करोड
स्थानीय तहतर्फ
समानीकरण: ८७ अर्ब
शसर्त: दुई खर्ब ८ अर्ब
समपूरक: सात अर्ब
विशेष: आठ अर्ब ५० करोड
बाँडफाँटबाट पठाइने राजस्व: एक खर्ब ५९ अर्ब
राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमाः एक खर्ब ५९ अर्ब हस्तान्तरण
चालु वर्षको लागि १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट ल्याइएको थियो। अहिलेसम्म ११ खर्ब १५ अर्ब रूपैयाँ मात्रै बजेट खर्च भएको छ। अर्थ मन्त्रालयले चालु वर्षमा १४ खर्ब बजेट खर्च हुने अनुमान गरेको छ। चालु वर्षमा हुन सक्ने खर्चको आधारमा ३५ प्रतिशतले बजेट बढाइएको छ।
सार्वजनिक ऋणको सावा व्याज तिर्न तथा सार्वजनिक संस्थानमा गरिने लगानीमा प्रयोग हुने वित्तीय व्यवस्थापन खर्च सबैभन्दा धेरै बजेट बढाइएको छ। आगामी वर्ष तालिका अनुसार विगतमा लिएको ऋण तिर्ने म्याद छ। चालु वर्षमा यो शीर्षकमा तीन खर्ब सात अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको थियो।
चालु खर्च चालु वर्षको तुलनामा बढेको छ। चालु वर्षमा ११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएको थियो। अहिलेसम्म सात खर्ब ८५ अर्ब रूपैयाँमा मात्रै खर्च भएको छ।
पुँजीगत खर्च पनि चालु वर्षको तुलनामा बढेको छ। चालु वर्षमा तीन खर्ब दुई अर्ब रूपैयाँ मात्रै विनियोजन गरिएको थियो। अहिलेसम्म एक खर्ब २५ अर्ब मात्रै खर्च भएको छ।
राजस्व स्रोत गत वर्षको लक्ष्यको तुलनामा १२ अर्ब बढ्ने लक्ष्य राखिएको छ। गत वर्षको तुलनामा ४१ प्रतिशतले राजस्व बढ्ने लक्ष्य राखेर चालु वर्षमा राजस्व बाँडफाँटसहित १४ खर्ब २२ अर्ब संकलन हुने लक्ष्य राखिएको थियो।
आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहदा आठ खर्ब ६३ अर्ब मात्रै राजस्व संकलन भएको छ।
वैदेशिक अनुदान पनि चालु वर्षको तुलनामा बढ्ने आकलन गरिएको छ। यो वर्ष ४९ अर्ब अनुदान आउने लक्ष्य राखिएको थियो। अहिलेसम्म दुई खर्ब ७५ अर्ब मात्रै अनुदान आएको छ।
चालु वर्षमा दुई खर्ब ४० अर्ब रूपैयाँको आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको थियो। आन्तरिक ऋण पनि बढाइएको छ। आन्तरिक ऋण सरकारले हरेक वर्ष लक्ष्यअनुसार उठाएको छ।
वैदेशिक ऋणको पनि अवास्तविक अनुमान गरेको देखिन्छ। चालु वर्षमा दुई खर्ब १२ अर्बको लक्ष्य राखिएकोमा अहिलेसम्म ७२ अर्ब रूपैयाँ मात्रै प्राप्त भएको छ।