सांसदहरूले राष्ट्रिय योजना आयोगको भूमिकामाथि प्रश्न गरेका छन्।
अर्थसमितिमा आइतबार भएको १६ औं अध्यावधिक योजना बारे भएको छलफलमा सांसदहरूले योजना आयोगले आफ्नो भूमिका निर्वाह गर्न नसेकेको भन्दै टिप्पणी गरेका हुन्।
सांसद विष्णु पौडेल भने, 'योजना निर्माण गर्ने निर्णायक निकाय कुन हो भन्ने प्रश्न अल्झिएको छ। योजना आयोगले यस्तो भूमिका पाउँनुपर्छ।'
योजना आयोगलाई निर्देशित गर्ने छुट्टै कानुन बनाउनु पर्ने पौडेलले बताए।
योजना आयोगको काम अर्थ मन्त्रालयलाई बजेट तर्जुमा गर्न सघाउने मात्रै हो कि भन्दै सांसद विनोद चौधरीले भूमिका स्पष्ट नभएको बताए।