उद्योगी पवन गोल्यानले आफूले प्राधिकरणलाई कानुनसम्मत एक रूपैयाँ पनि तिर्न बाँकी नरहेको र तिर्नुपर्ने भए रगत बगाउन पनि तयार भएको बताएका छन्।
आइतबार व्यवसायीहरूले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अन्य धागो उद्योग समस्यामा परेको कारण त्यसको सजाय स्वरूप आफूलाई अतिरिक्त शुल्क दिन भनिएको दाबी गरे।
प्राधिकरणले उद्योगको नाम नै तोकेर कति घण्टा लोडसेडिङ हुन्छ भनेर तालिका निकालेको बताउँदै उनले यो तालिका किन निकालिएको थियो? भनेर समेत प्रश्न गरे।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले एउटा घरले तीन महिना पैसा नबुझाउँदा लाइन काटिन्छ भने अर्बौ रूपैयाँ छ भन्ने हुँदा पनि त्यतिखेरै किन लाइन काटिएन भनेर प्राधिकरणलाई प्रश्न गरेका छन्।