डेडिकेटेड र ट्रंकलाइनको विवादमा सरकारले पहिले उद्योगीलाई थुन्ने र पछि सुन्ने नीति लिएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गुनासो गरेका छन्।
श्रेष्ठले विद्युत प्राधिकरणका अध्यक्ष कुलमान घिसिङतर्फ संकेत गर्दै एउटा व्यक्तिले जे बोल्यो त्यही कानुन भए जस्तो गरिएको समेत बताए।
उनले डेडिकेटेड लाइन चलाउँदा निरन्तर बत्ती चलाएको हुनुपर्ने वा २० घण्टाभन्दा बढी बत्ती चलाएको हुने सर्त रहेको समेत प्राधिकरणलाई स्मरण गराए।