प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्यमशिलातको विकासको लागि एकीकृत रणनीति बनाउने बताएका छन्।
मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
उनले सबै किसिमका नीति, कानुन र स्रोतको उपयोगको लागि एकीकृत रणनीतिमा राखिने बताएका छन्।
उद्यमशिलता विकास नहुँदा अपेक्षित आर्थिक उन्नति नभएको उनले बताएका छन्। उनले उद्यमको लागि ५० लाख रूपैयाँसम्मको ऋण सहुलियत ब्याजमा दिने व्यवस्था गरिने बताएका छन्।
'सरकारले लामो समयदेखि सहुलियत ऋणको ब्याजदर उपलब्ध नगराएको कारण अहिले सहुलियत ऋण प्रवाह हुन सकेको छैन,' उनले भने।