सरकारले जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको लागि १० अर्बको कोष खडा गर्न लागेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यस वर्ष संसदीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजन गरिएको ८ अर्ब २५ करोड रूपैयाँ र थप दुई अर्ब ७५ करोड निकासा गरेर यो कोषमा हालिने बताए।
यसले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पुग्ने बताएका छन्। त्यस्तै भूकम्पपछि सरकारले देखाएको सक्रियताले सरकारप्रति नागरिकको भरोसा बढेको दाबी गरे।
उनले अस्थायी घर निर्माणको लागि जनही ५० हजारको दरले उपलब्ध गराउने गरी दुई अर्ब २६ करोड निकासा गरिएको समेत बताएका छन्।