प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुँजीगत खर्च न्यून हुँदा त्यसको प्रभाव अर्थतन्त्रमा परेको स्वीकार गरेका छन्।
सरकारले गर्ने खर्चले पनि अर्थतन्त्रलाई गतिशील बनाउनेमा पुँजीगत खर्च हुन नसकेको उनले स्वीकार गरे।
'पुँजीगत खर्च गर्ने क्षमतामा निर्णायक हस्तक्षेप गर्न ढिला भएको छ,' प्रधानमन्त्रीले भने। उनले बजेट बनाउने परम्परागत शैली तोड्ने बताएका छन्।
'नीति योजना र बजेट निर्माण परिपाटी नै परिवर्तन गर्ने तयारी छ,' प्रधानमन्त्रीले भने, 'बजेटको सिद्धान्त र प्राथमिकता आगामी फागुनमा नै प्रस्तुत गर्ने तयारी गरेका छौँ।'
यसअघि राष्ट्रिय योजना आयोगले बजेटको सिद्धान्त र प्राथमिकता फागुन १५ गते लिने गरी मिति तोक्नुपर्ने र नीति तथा कार्यक्रम पनि समयमै प्रस्तुत गर्न सुझाव दिएको छ।