चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा ६३ अर्ब २० करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वस्तु निर्यात घटेको हो।
तर, आयातित तेलमा आधारित निर्यात घटेको छ। त्यस्तै, धेरै मूल्य अभिवृद्धि हुने वस्तुको निर्यात भने बढेको छ।
यो अवधिमा सबैभन्दा धेरै आयात हुने वस्तुमा फलामे पाता, सन्थेटिक यार्न, उनी गलैंचा तथा कार्पेट सबैभन्दा माथि छन्।
यस्ता छन् अर्ब माथिको निर्यात भएका १५ वस्तु
फलामे पाता | पाँच अर्ब एक करोड रूपैयाँ |
सेन्थेटिक यार्न | चार अर्ब ८८ करोड रूपैयाँ |
उनी गलैंचा, कार्पेट | चार अर्ब ५३ करोड रूपैयाँ |
तयारी कपाडा | चार अर्ब ११ करोड रूपैयाँ |
फलफूल जुस | तीन अर्ब ४० करोड रूपैयाँ |
अलैंची | तीन अर्ब नौ करोड रूपैयाँ |
प्लाइउड | दुई अर्ब ८९ करोड रूपैयाँ |
प्रशोधित पाम तेल | दुई अर्ब ४७ करोड रूपैयाँ |
जमोठ कपडा | दुई अर्ब १४ करोड रूपैयाँ |
चिया | एक अर्ब ८७ करोड रूपैयाँ |
सिमेन्ट क्लिङकर | एक अर्ब ४९ करोड रूपैयाँ |
पश्मिना सल | एक अर्ब ४८ करोड रूपैयाँ |
कुकुर वा बिरालोको खाना | एक अर्ब १८ करोड रूपैयाँ |
उनी, सुती, टेरिटकन बाहेकका कपडा | एक अर्ब दुई करोड रूपैयाँ |
जडिबुटी | एक अर्ब एक करोड रूपैयाँ |