एमाले नेता रघुजी पन्तले एनसेल प्रकरणमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्व गठन गरिएको छानबिन समिति खारेज गर्नुपर्ने बताएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छानबिन समिति खारेज गरेर अर्को न्यायिक समिति बनाउनु पर्ने बताएका हुन्।
उनले एनसेलका प्रकरणमा शर्मामाथि धेरै प्रश्न उठेको कारण छानबिन समितिमाथि शंका उत्पन्न भएको बताए।
२०८६ मा नेपाल सरकारको स्वामित्व आउँछ कि आउँदैन भन्ने कुरा प्रमुख विषय भएको उनले बताए।
एनसेलको लाइसेन्स २०८६ मा सकिँदैछ। यो अवधिपछि विदेशी लगानी रहेका दूरसञ्चार कम्पनीहरूको सम्पत्तिसहित स्वामित्व सरकारमा आउने व्यवस्था छ।