आन्तरिक राजस्व विभागले ढुवानी सेवाका करदातालाई अनिवार्य रूपमा भ्याट दर्ता हुन तथा कारोबार गर्नको लागि ताकेता गरेको छ।
आन्तरिक राजस्व विभागले ढुवानी सेवालाई भ्याटमा दर्ता गर्नु पर्ने व्यवस्था गरेको कार्यान्वयनको लागि ताकेता गरेको हो।
विभागले करदाताको नाममा एक सूचना जारी गर्दै आर्थिक ऐन २०८० अनुसार ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानुनी व्यवस्थाको स्मरण गराएको छ।
ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्न सुझाव दिइएको छ।
सोही कारण मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानुन अनुसार कारोबार सञ्चालन गर्न आन्तरिक राजस्व विभागले ताकेता गरेको छ।
ढुवानी साधनको साथमा वस्तु तथा सेवाको बिजक नरहेको गुनासो आइरहेको भन्दै विभागले यस्तो ध्यानाकर्षण गराएको विभागका सूचना अधिकारी राजु प्याकुरेलले बताए।
आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानुनको परिपालना भएको पाइएमा कानुन अनुसार कारबाही हुने समेत विभागले जनाएको छ।