पछिल्लो एक वर्षमा मुलुकले गर्ने आयात व्यापार तीन खर्ब रूपैयाँ बढीले घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा १९ अर्ब २० अर्ब रूपैयाँको वस्तु आयात भएको थियो। यस हिसाबले एक आर्थिक वर्षमा १६.८ प्रतिशतले आयात व्यापार घटेको छ।
निर्यात व्यापार २१ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब रुपैयाँको निर्यात व्यापार भएकोमा गत आर्थिक वर्षमा एक खर्ब ५७ अर्ब रूपैयाँको भएको छ।
व्यापार घाटा दुई खर्ब ६५ अर्ब रूपैयाँले कम भएको देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब २० अर्बको व्यापार घाटा भएकोमा अहिले घटेर १४ खर्ब ५४ अर्ब रुपैयाँ भएको भन्सार विभागले जनाएको छ।