विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा तिर्न सकिने सुविधा राष्ट्र बैंकले हटाउने भएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि मौदिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।
कोभिड–१९ को प्रकोपमा लिइएको यस्तो सुविधा हटाइएको हो। कोभिडको प्रकोप र प्रभाव कम भएको भन्दै यस्तो सुविधा हटाइएको हो।