नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ।
राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो।
'६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ। उपयुक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरू प्रस्ताव गरिएका छन्,' राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ।
गत आर्थिक वर्षमा सरकारले ७ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने लक्ष्य लिएको थियो। जेठसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ७.७७ प्रतिशत पुगेको छ।