बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले दिने ऋणमा लिने ब्याजदर (बैंकदर) घटाउँदै ६.५ प्रतिशतमा झारेको छ। हाल यो ७.५ प्रतिशत थियो।
नीतिगत दरमा बैंकहरूले ओभरनाइट तरलता सुविधा पाउने गर्छन्। बैंकहरूले राष्ट्र बैंकबाट लिने सापटी स्थायी तरलता सुविधा बैंक दरमा नै पाउने छन्। यसलाई ७.५ प्रतिशत मै सीमित राखिएको छ।
त्यस्तै, निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात यथावत् राखिएको छ।