नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा वृद्धिददर ११.५ प्रतिशत पुर्याउने लक्ष्य सहित चालु वर्षको मौद्रिक नीति जारी गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा १२.६ प्रतिशतको कर्जा वृद्धिदरको लक्ष्य राखेकोमा जेठ सम्ममा ५.१ प्रतिशत कर्जा विस्तार भएको छ।
चालु वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा ११.५ प्रतिशत कर्जा वृद्धिदर हुने अनुमान गरिएको छ।
२ खर्ब ४१ अर्ब रकमले बढेर कर्जा लगानी ४९ खर्ब ३० अर्ब रूपैयाँ पुगेको हो। यस आधारमा आगामी आर्थिक वर्षमा ५४ खर्ब ९६ अर्बले कर्जा विस्तार हुनेछ।