नेपाल राष्ट्र बैंकले आज (आइतबार) चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ।
आइतबार बिहान मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बसिसकेको छ।
अघिल्लो वर्ष बाह्य क्षेत्र दबाबमा रहेको मुलुक राष्ट्र बैंक र सरकारले लिएका केही नीतिको कारण सहज अवस्थामा आएको छ। यद्यपी आन्तरिक मागमा भने कमी आइरहेको छ।
व्यवसायीहरूले आन्तरिक माग वृद्धि गराउने गरी मौद्रिक नीति ल्याउन अनुरोध गर्दै आएका छन्। राष्ट्र बैंकले बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्दै आन्तरिक मागमा सुधार ल्याउने गरी मौद्रिक नीति ल्याउने भएको छ।
विशेष गरी निर्माण क्षेत्रलाई चलायमान गर्ने गरी मौद्रिक नीति ल्याइने स्रोतले बतायो।
मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जाको विस्तार करिब ११/१२ प्रतिशतले हुने लक्ष्य लिन लागेको छ।
व्यसायीहरूले चालु पुँजी कर्जासम्बन्धी मापदण्ड तत्काललाई स्थगित गर्नुपर्ने माग गरिरहेका भएपनि यसको सम्भावना नरहेको स्रोत बताउँछ।