एशियाली विकास बैंक (एडिबि)ले घरेलु र आन्तरिक व्यापार सुधारको लागि नेपाललाई ५ करोड डलर (६ अर्ब ५५ करोड रूपैयाँ) ऋण दिने भएको छ।
नेपाल सरकारको प्राथमिकता प्राप्त वस्तुहरूको आपूर्ति श्रृंखला सुधार गर्न, निर्यात प्रवर्द्धनका लागि यस्तो ऋण सहयोग गरिएको हो।
उत्पादक, वितरक, बिक्रेता र खरिदकर्ताबीच व्यापार सहजीकरणको लागि यो ऋण उपलब्ध हुनेछ। यातायात प्रणालीमा सहजीकरण, सञ्चार आवद्धता र एकद्वार सूचना प्रणाली स्थापनामा यो ऋण रकम प्रयोग हुनेछ।
हाल नेपालको कुल गाहर्स्थ उत्पादन (जिडिपी) मा व्यापार तथा औद्योगिक क्षेत्रको योगदान १४.१ प्रतिशत बराबर छ।