जेठ महिनामा एक खर्ब ४५ अर्ब रूपैयाँको समान नेपाल भित्रिएको छ।
विगतका वर्षहरूमा जेठ र असार महिनामा उल्लेख्य आयात बढ्ने गरे पनि यो वर्ष भने बढ्न सकेको छैन।
भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनामा एक खर्ब ४५ अर्बको आयात बढेपछि चालु वर्षको ११ महिनाको अवधिमा १४ खर्ब ८० अर्ब रूपैयाँको सामान आयात भएको छ।
गत वर्ष यो अवधिमा १७ खर्ब ६३ अर्ब रूपैयाँको सामान आयात भएको थियो। यो गत वर्षको यही अवधिको तुलनामा १६.०१ प्रतिशत न्यून हो।
११ महिनाको अवधिमा नेपाली वस्तुको निर्यात एक खर्ब ४३ अर्ब रूपैयाँको भएको छ। यो गत वर्षको तुलनामा २२ प्रतिशत न्यून हो।
व्यापार घाटा १३ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षको तुलनामा १५.२१ प्रतिशतले कम हो।
आयतीत वस्तुको कारण ३ खर्ब ४४ अर्ब रूपैयाँ भन्सार राजस्व उठेको छ।