राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी १६औं योजना बनाउने तयारी सुरू गरेको छ।
विगतका पञ्चवर्षीय योजनाको उपलब्धि न्यून देखिएको अवस्थामा योजना आयोगले १६औं योजनामा जुटेको हो।
पञ्चवर्षीय योजनाको लागि विज्ञहरूसँग राय लिन सुरू गरिएको छ। आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरू तथा अर्थविदहरूसँग छलफल गरेको हो।
आयोगका प्रवक्ता सुमन दाहालकाअनुसार बुधबारदेखि नियमित रुपमै विषय विज्ञहरूसँग आयोगले सल्लाह सुझाव लिनेछ।
बुधबारदेखि हुने छलफल शुक्रबारसम्म चल्नेछ।