सहुलियत कार्यक्रम सधैंलाई निरन्तरता दिन नसकिने गभर्नर महा प्रसाद अधिकारीले बताएका छन्।
म्यानेजमेन्ट एसोसिएसनले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी पूर्व छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
'कोभिडमा हामी केही खुल्ला भयौ। सरकारसँग पर्याप्त स्रोत थिएन, त्यसैले राष्ट्र बैंकले अग्रसरता लिएका थियौ', उनले भने, 'व्यवसाय चलेको थिएन, कसैले कर्जा तिर्न सकेका थिएनन्, हामीले यही कारण सहुलियतका कार्यक्रम ल्यायौ, पुनर्कर्जा दियौं तर यसको दुरूपयोग पनि भयो।'
अहिले पनि धेरैले यस्तै सहुलियतको अपेक्षा गरेका भए पनि यस्ता कार्यक्रम सधैंलाई निरन्तरता दिन नसकिने उनले स्पस्ट परे।
उनले सरकारले यस पटक लिन लगेको आन्तरिक ऋण धेरै नभएको पनि बताए। यस्तो पुरानो ऋण रोलओभर नहुने हो भने मात्रै ५७ अर्ब रुपैयाँ नयाँ ऋण बजारबाट उठाइने उनले जानकारी दिए।