सरकारले ल्याएको बजेटलाई सहयोग गर्न भए पनि सन्तुलित मौद्रिक नीति ल्याउनु पर्ने पूर्व गभर्नर डा. तिलक रावलले बताएका छन्।
म्यानेजमेन्ट एसोसिएसनले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी पूर्व छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
केन्द्रीय बैंकले अहिलेको स्थिति सम्हालनु पर्ने अवस्था आएकोले सन्तुलित मौद्रिक नीति ल्याउन आवश्यक रहेको रावलले बताए।
उनले केन्द्रीय बैंकले मात्रै धस्किन लागेको अर्थतन्त्र जोगाउन नसक्ने र सरकार कर संकलनमा मात्रै लागेको आरोप लगाए।