अर्थमन्त्री प्रकाशशरण महतले नेपालभित्रै उत्पादन गरिएको आलु र प्याजमा भ्याट नलाग्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा प्याज र आलुमा भ्याट लगाइएकोबारे सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री महतले नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि भ्याट लगाइएको बताएका हुन्।
उनले सरकारले भनेको भ्याट आयातित उत्पादनमा मात्र लाउने उनले बताए।
'५० लाख भन्दा कम कारोबार हुने पसल छ ती कतैपनि भ्याट लाग्दैन,' उनले भने, 'आन्तरिक उत्पादनमा भ्याट लाग्दैन । बाहिरबाट आयातित छ भने त्यसमा मात्र लाग्छ,' संसदमा अर्थमन्त्रीले भने।
उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न विकल्पहरूमध्ये सोचबिचार गर्दा भ्याट नै उपयुक्त माध्यम देखिएको पनि बताए।
उनले ती बाहेक कृषि उत्पादनलाई बढावा दिन धेरै खालका कार्यक्रम प्रस्तावित गरेका गरिएको पनि जानकारी दिए।