राष्ट्रपति रामचन्द्र पौडेलले रूग्ण तीन उद्योग सञ्चालन गर्ने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पुनः सञ्चालनको संभावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने बताएका हुन्।
उनले लामो समयदेखि बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने बताएका छन्।
रूग्ण उद्योग सञ्चालन गर्ने सरकारको यो नयाँ नीति भने होइन। यसअघि पनि सरकारले रूग्ण उद्योग सञ्चालन गर्न पटक–पटक कार्यदल गठन गरेको थियो।
गठित कार्यदलले प्रतिवेदन समेत बुझाएको थियो।