सरकारले सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिएको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी कार्यालयहरूमा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइने बताएका हुन्।
त्यस्तै सबै प्रमुख शहरमा क्रमशः विद्युतीय यातायात सञ्चालनको व्यवस्था गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
ग्याँस, डिजेट तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय उर्जाबाट चल्ने गरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियतसहित प्राथमिकता दिइने समेत बताइएको छ।