राष्ट्रपति रामचन्द्र पौडेलले जग्गाको खरिद–बिक्रीमा हुने मूल्य पारदर्शी बनाइने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाको खरिद बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने बताएका हुन्।
उनले नाप नक्सांकनसम्बन्धी कार्यलाई पनि थप व्यवस्थित र प्रविधियुक्त बनाइने बताएका छन्।
लिजमा उपलब्ध गराइएको जग्गा उद्देश्यअनुरूप प्रयोग भए नभएको कडाइका साथ अनुगमन गर्ने नीति लिएको छ।
सरकारले संघ, प्रदेश स्थानीय तहको समन्वयमा भू–उपयोग योजना तयार गरिने नीति लिएको छ।