राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पुँजी बजारको संरचनागत सुधार गर्ने बताएका छन्।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले पुँजी बजारको विकास र विस्तारको लागि संरचनागत सुधार गर्ने बताएका हुन्।
उनले पुँजी बजारमा गैरआवासीय नेपालीहरूलाई लगानी खुला गरिनेछ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋणपत्रका साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गरिनेछ।
गैरआवासीय नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्याक्रम सञ्चालन गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।