सरकारले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला र कर्णाली प्रदेशमा एयर एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमका पहाडी र कर्णालीमा ्दुई जिल्ला बराबर एक एयर एम्बुलेसन्स सेवा नियमित सञ्चालन गरिने बताएका हुन्।
त्यस्तै सरकारले प्रदेश क्षत्रीय अस्पतालको स्तरोन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै योग ध्यान विषयलाई विद्यामान उच्च शिक्षाको पाठ्यक्रममा समावेशन गराइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य पुर्याउने र असहाय र वृद्धलाई घरदैलौमै स्वास्थ्य सेवा पुर्याउने सरकारको योजना छ।
आधारभूत अस्पतालमा एक एमडिजिपी, एक महिला तथा प्रसुती रोग विशेषज्ञ, कम्तिमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्सलगायतका प्राविधिक जनशक्ति र उपकरणहरु र एम्बुलेन्स सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह हुने व्यवस्था गर्ने पनि सरकारको योजना छ।
सामूदायिक अस्पतालमा एक अस्पताल एक चिकित्सकको व्यवस्था गर्नेदेखि बहिरिंग सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
आधारभुत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइने सरकारले घोषणा गरेको छ।