सरकारले आगामी दुई आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ। 'युवासँग सरकार, हुने छैनन् बेरोजगार' अभियान अन्तर्गत यस्तो नीति सरकारले अघि सारेको हो।
कसरी गर्ने रोजगारी सिर्जना?
- निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने।
- उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलता सम्बन्धी संस्था कोष तथा कार्यक्रमलाई एकिकृत गर्ने।
- श्रम बजारको मागअनुसार सीपयुक्त मानव संशोधन उत्पादनको लागि सरकारी तालिम प्रदायक संस्थानहरूलाई एकीकरण गरी राष्ट्रिय प्राविधिक तथा व्यवसायिक प्रशिक्षक प्रतिष्ठान स्थापना गर्ने।
- श्रम र श्रमिकको कदर हुने गरी न्यूनतम पारिश्रम तथा कार्यान्वयनमा देखिएको समस्या सम्बोधन गर्न न्यूनतम ज्याला जीवन धान्न पुग्ने गरी स्वचालित ज्याला प्रणाली लागू गर्ने।