सरकारले जलमार्ग, सुरुङमार्ग र रेलमार्ग निर्माणको लागि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलमार्ग, सुरुङमार्ग तथा रेलमार्गका योजनाहरू अघि सारिएको छ।
कोशी, कर्णाली, गण्डकी, भेरी लगायतका प्रमुख नदीमा जलमार्गको विकासको निमित्त आवश्यक अध्ययन गरिने उल्लेख नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ।
त्यस्तै प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा मुख्य शहरमा मेट्रो रेल तथा मनोरेल सम्भाव्यताको अध्ययन गरिने उल्लेख गरिएको छ।
राष्ट्रिय राजमार्गमा पर्ने ठुला नदीहरूमा आवश्यकताअनुसार 'सिग्नेचर ब्रिज' बनाइने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ।
राष्ट्रिय राजमार्गमा सुरुङमार्ग, ओभरफ्लाई तथा अन्डरपास सहितको सडक सञ्जाल विस्तार गरिने विषयमा पनि नीति तथा कार्यक्रममा राखिएको छ।