सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने नीति लिएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभिने बताएका हुन्।
'सार्वजनिक प्रसारकको स्थापना गरी यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत सार्वजनिक प्रशारण संस्थाको रुपमा बनाइनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।